Below Menu
Below Menu

बजेटले अन्योलमा लगानीकर्ता, नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट 

बजेटले अन्योलमा लगानीकर्ता, नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल रि इन्स्योरेन्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज बुंगल हाइड्रोको शेयरमूल्य १३.२० प्रतिशतले घटेको छ ।  

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजी बजार सुधारका विभिन्न महत्वाकांक्षी योजना सार्वजनिक गरे पनि पुँजीगत लाभकरको दर बढाइएको विषय र त्यससँग जोडिएको नीतिगत अस्पष्टताले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। यसकै प्रभावस्वरूप बजेटपछि खुलेको शेयर बजारमा बिक्रीको चाप बढ्दै गएको देखिएको छ।

बजेटमार्फत शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरिएको छ। यस निर्णयले सुरुवाती चरणमा लगानीकर्तालाई केही राहत दिएको मानिए पनि सरकारले लाभकरको दर बढाउने घोषणा गरेपछि बजारमा पुनः अन्योलता देखिएको हो।

नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधिमा शेयर खरिदबिक्री गरी प्राप्त नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिको लगानीबाट प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। हालसम्म भने छोटो अवधिका लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने शेयर बजारसम्बन्धी पूँजीगत लाभकरको विषयमा पनि भ्रम फैलाइएको भन्दै सरकारको निर्णय अन्तिम र स्पष्ट रहेको दाबी गरेका छन् । अल्पकालीन तथा दीर्घकालीन पूँजीगत लाभकरमा गरिएको समायोजन अन्तिम व्यवस्था रहेको उनले स्पष्ट पारेका छन् । 

Advertisment

थप समाचार