माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? 

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार