काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४०५रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment