मन्त्रिपरिषद् बैठक आज बस्दै, सेबोन अध्यक्ष नियुक्तिको सम्भावना

मन्त्रिपरिषद् बैठक आज बस्दै, सेबोन अध्यक्ष नियुक्तिको सम्भावना

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (मंगलबार) दिउँसो १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ । सेबोन अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले आवेदन दिएका ४७ जनामध्ये चार जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिसकेको छ । 

समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चार प्रतिस्पर्धीका रूपमा छनोट गरेको हो।

अर्थ मन्त्रालयअन्तर्गत गठित समितिले वैशाख १५ गते इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको थियो। तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएका थिए। अब मन्त्रिपरिषद्ले सिफारिस समितिबाट छनोट भएका उम्मेदवारमध्ये एक जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने सम्भावना रहेको छ।

थप समाचार