काठमाडौं : सर्वोत्तम पेन्ट्स लिमिटेडले जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये ८५ लाख रुपैयाँ बराबरको ८५ हजार शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै सामूहिक लगानी कोषहरुका लागि ४२ हजार कित्ता र कर्मचारीहरुका लागि १७ हजार कत्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको सात करोड ५ लाख ५० रुपैयाँ बराबरको सात लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयरमा असार २ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा असार ११ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
Advertisment