काठमाडौं : अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार २१ गतेबाट सकिने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १५ लाख ६३ हजार कित्ता शेयर लकइनमा राखेको थियो ।
कम्पनीले १३ लाख ३० हजार कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १३ हजार कित्ता कर्मचारीहरुका लागि र दुई लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो ।
उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment