Below Menu
Below Menu

स्टारलिंककी निर्देशक हन्टर र सञ्चारमन्त्रीबीच भेट, शतप्रतिशत स्वामित्वसहित नेपाल आउने चाहना

स्टारलिंककी निर्देशक  हन्टर र सञ्चारमन्त्रीबीच भेट, शतप्रतिशत स्वामित्वसहित नेपाल आउने चाहना

काठमाडौं : स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेका छन् । 

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताए । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखे । 

व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भईरहेको उनले जानकारी गराए । सो भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताए । 

Advertisment

थप समाचार