काठमाडौं : सरकारले संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (युएनइपी) बाट ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
आजको बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसका साथै सरकारले सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्ने र २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठत अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
Advertisment