Below Menu
Below Menu

उच्च अंकले सुधारियो शेयर बजार, पाँच अर्ब २६ करोडमा समेटियो कारोबार 

उच्च अंकले सुधारियो शेयर बजार, पाँच अर्ब २६ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर नेपाल रि इन्स्योरेन्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज नबिल डिबेञ्तर २००८ को शेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार