Below Menu
Below Menu

मे महिनामा भित्रिए एक लाख २ हजार विदेशी पर्यटक, भारतबाट मात्रै आए ४० हजार बढी 

मे महिनामा भित्रिए एक लाख २ हजार विदेशी पर्यटक, भारतबाट मात्रै आए ४० हजार बढी 

काठमाडौं : सन् २०२६ को मे मा नेपालमा एक लाख २ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मे मा नेपालमा विदेशी पर्यटक आगमन एक लाख २ हजार ६२६ पर्यटक भित्रिएका हुन् ।

बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ४८ हजार ४६१ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ४७.२प्रतिशत हो । 

त्यसपछि दक्षिण एसियाबाट एसियाली राष्ट्रबाट २० हजार ४६२ पर्यटक भित्रिएका छन् । युरोपबाट १३ हजार ४४०, ओसिनियाबाट ३ हजार १८८, अमेरिकाबाट १० हजार ६१८, पश्चिम एसियाबाट एक हजार ५११ र अफ्रिकी मुलुकबाट ३३४ र अन्य मुलुकबाट ४ हजार ६१२ पर्यटक भित्रिएका छन् ।

मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ । यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ । 

देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी ४० हजार ७८२ भारत र दोस्रोमा चीनबाट ११ हजार ५१४ पर्यटक भित्रिएका छन् भने तेस्रोमा अमेरिकाबाट ९ हजार एक पर्यटक भित्रिएका छन् । 

सन् २०२५ को मे मा ८६ हजार २१६ पर्यटक भित्रिएका थिए भने कोरोना महामारी अघि सन् २०१९ को मे मा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए ।

पछिल्लो समय पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण मे मा पर्यटक आगमनमा केही असर परेको देखिन्छ ।

 

Advertisment

थप समाचार