Below Menu
Below Menu

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम साढे पाँच अर्बमाथि

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम साढे पाँच अर्बमाथि

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर नेपाल रि इन्स्योरेन्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९९८ प्रतिशतले बढेको हो । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५.१८ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार