Below Menu
Below Menu

माउन्ट एभरेष्ट पावरकाे आईपीओमा असार ३ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्ने 

माउन्ट एभरेष्ट पावरकाे आईपीओमा असार ३ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्ने 

काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८६ करोड  रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये एक करोड ७२ लाख रुपैयाँ बराबरको एक लाख ७२ हजार हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र आठ करोड ६० हजार रुपैयाँ बराबरको ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ८६ हजार कित्ता र कर्मचारीहरुका लागि ३४ हजार ४०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । 

बाँकी रहेको १४ करोड २७ लाख ६० रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।   

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको शेयरमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा असार २७ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार