नाडा ग्रीन ड्राइभ २०२६ र्याली सम्पन्न

नाडा ग्रीन ड्राइभ २०२६ र्याली सम्पन्न

काठमाडौं : विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडाले ) ले आफनो इतिहासमा पहिलो पटक शुक्रबार “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ। 

AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सबारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको थियो।

नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर-दरबारमार्ग-नक्साल-गौशाला-तीनकुने-नयाँ बानेश्वर-माइतीघर मण्डला-थापाथली-कुपण्डोल-पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो। 

उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए । 

प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । 

नाडाले “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने नाडाका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ । 

थप समाचार