Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ८२ सयले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ८२ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार २०० रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार