कालंगा हाइड्राेको आईपीओ बुधबार बाँडफाँट हुँदै 

कालंगा हाइड्राेको आईपीओ बुधबार बाँडफाँट हुँदै 

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ २७ गते बुधबार बाँडफाँट गर्न लागिएको कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

Sponsored Advertisement

कम्पनीले गत जेठ ८ देखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो।

आईपीओका लागि आवेदन लिएका मध्ये दुई लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् । कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।

कम्पनीले जारी पूँजी एक अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ ।
 

थप समाचार