Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ४४ करोडमाथिको कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, छ अर्ब ४४ करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा छ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब आठ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कृषि विकास बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.१६ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार