प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३;८४ का लागि प्रस्तुत गरिएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइने भएको छ।

Sponsored Advertisement

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकमा पेश गर्नेछन्।

साथै, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ समेत प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

थप समाचार