Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज पनि तोलामा ५१ सयले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज पनि तोलामा ५१ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार