काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५७ अंकले घटेको २७२८.०३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ९० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिटि होटल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको डिबेञ्चरको शेयरमूल्य १३.५१ प्रतिशतले घटेको छ ।
Advertisment