Below Menu
Below Menu

एकैदिन तोलामा ५३ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा ५३ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १९० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार