विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योग चाहिन्छः अध्यक्ष पाण्डे

विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योग चाहिन्छः अध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यक रहेको बताए। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

Sponsored Advertisement

‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ। खपत बढाउन उत्पादन मुलक उद्योगको आवश्यकता छ,’ उनले भने

विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए। यस्तै बजेटमा आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए ।
 

थप समाचार