Below Menu
Below Menu

प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव

प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव

काठमाडौं : कोर बैंकिङ सफ्टवेयर सेवा प्रदायक प्रिमियम टेक्नोलोजी प्रालि (प्रिमियम सीबीएस) को प्रमुख कार्यकारी अधिकृतमा अपिल कोइराला नियुक्त भएका छन्।

बैंकिङ तथा सहकारी क्षेत्रको व्यवस्थापनमा लामो अनुभव हासिल गरेका कोइराला अब प्रिमियम टेक्नोलोजीको नेतृत्व सम्हाल्न पुगेका हुन्। उनीसँग बैंकिङ क्षेत्रमा ५ वर्ष र सहकारी क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव छ।

कोइरालाले सहकारी क्षेत्रमा प्रवेश गर्नुअघि कुमारी बैंक मा पाँच वर्ष कार्य गरेका थिए। त्यसपछि उनले संगम साकोसमा ८ वर्ष, कोन सामुदायिक साकोसमा २ वर्ष तथा नवीन साकोसमा ४ वर्ष व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

यसका साथै उनले कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समेत दुई कार्यकाल नेतृत्व गरेका थिए।

कम्पनीले औपचारिक घोषणा गर्दै कोइरालालाई नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा स्वागत गरेको छ। कम्पनीका अनुसार कोइरालाको अनुभव, दूरदृष्टि तथा उत्कृष्टताप्रतिको प्रतिबद्धताले संस्थालाई आगामी दिनमा थप विकास, नवप्रवर्तन र सफलताको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कोइरालाको नेतृत्वमा कम्पनीले आफ्नो बजारस्थिति अझ मजबुत बनाउने, नयाँ अवसर सिर्जना गर्ने तथा ग्राहकलाई थप प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

नयाँ नेतृत्वसँगै कम्पनीले दीर्घकालीन लक्ष्य हासिल गर्दै प्रविधिमैत्री सेवा, सहकार्य र उत्कृष्टताको संस्कृतिलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ।

प्रिमियम सीबीएस: सहकारी डिजिटलकरणको अग्रणी यात्रा

आईएसओ ९००१ः२०१५ प्रमाणित प्रिमियम सीबीएस सहकारी क्षेत्रमा लोकप्रिय समाधानका रूपमा स्थापित छ।

प्रिमियम सीबीएस ईआरपी तथा माइक्रो सर्भिस मोडेलमा आधारित आधुनिक कोर बैंकिङ प्रणाली हो, जसले सुरक्षा, स्वचालन र सहज प्रयोगलाई विशेष प्राथमिकता दिएको छ ।
दुई तहको सुरक्षा प्रणाली, ऋण स्वचालन प्रणाली, व्यवस्थापन तथा सञ्चालक समितिका लागि विस्तृत प्रतिवेदन सुविधा, नेपाली भाषा, लाइभ च्याट सपोर्ट तथा नयाँ प्रयोगकर्ता मैत्री इन्टरफेस प्रिमियम सीबीएसका प्रमुख विशेषताहरु हुन्।

सहकारीलाई प्रविधिको सेवा मात्र नभई व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउनु पनि कम्पनीको उद्देश्य रहेको छ ।

कम्पनीले सुरक्षित, स्वचालित र एकीकृत डिजिटल सेवा विस्तार गर्दै सहकारी तथा वित्तीय क्षेत्रको भरोसायोग्य प्रविधि साझेदारका रूपमा आफ्नो भूमिका अझ सशक्त बनाउने प्रतिवद्धता जनाएको छ।

Advertisment

थप समाचार