काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले घटेको २७२४.०३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.१४ अंकले घटेर २८२७.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ९० करोड ६२ लाख लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सेन्ट्रल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज कालिञ्चोक हाइड्रोपावर कम्पनीको शेयरमूल्य १०.६६ प्रतिशतले घटेको छ ।
Advertisment