Below Menu
Below Menu

प्रतितोला १२ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 

प्रतितोला १२ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार