काठमाडौं : सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
कम्पनीको आईपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ भने बाँकी ४४ हजार २०७ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Advertisment