Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम दुई अर्ब ८३ करोडमा खुम्चियो 

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम दुई अर्ब ८३ करोडमा खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेस्ँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोपान फर्मास्युटिकल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज भुजुङ हाइड्रोपावरको शेयरमूल्य ११.०३ प्रतिशतले घटेको छ । 
 
 

Advertisment

थप समाचार