सिंगापुरमा फाइबर केबल काटिँदा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा प्रभावित

सिंगापुरमा फाइबर केबल काटिँदा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा प्रभावित

काठमाडौं : नेपाल टेलिकमले आफ्नो अन्तर्राष्ट्रिय आईपीएलसी (International Private Leased Circuit–IPLC) सेवा प्रवाहका लागि प्रयोग गर्दै आएको सिंगापुरस्थित फाइबर अप्टिक केबलमा प्राविधिक समस्या उत्पन्न भएपछि अन्तर्राष्ट्रिय सेवामा आंशिक अवरोध आएको जनाएको छ।

Sponsored Advertisement

कम्पनीका अनुसार उक्त प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस, डेटा तथा इन्टरनेटसँग सम्बन्धित केही सेवाहरू प्रभावित भएका छन्। विशेषगरी विदेशमा रहेका सेवासँग हुने सम्पर्क तथा अन्तर्राष्ट्रिय नेटवर्कमा निर्भर रहने सेवाहरूमा केही समयका लागि असुविधा हुन सक्ने नेपाल टेलिकमले जनाएको छ।

टेलिकमले समस्याको जानकारी प्राप्त हुनासाथ सम्बन्धित अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक तथा प्राविधिक साझेदारहरूसँग समन्वय गरेर सेवा पुनः सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढाइएको जनाएको छ। कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास भइरहेको र सेवा यथाशीघ्र पूर्ण रूपमा सामान्य बनाउने लक्ष्यका साथ काम भइरहेको स्पष्ट पारेको छ।

यस अवधिमा ग्राहकहरूले अन्तर्राष्ट्रिय कल, इन्टरनेट वा अन्य अन्तर्राष्ट्रिय नेटवर्कमा आधारित सेवाहरू प्रयोग गर्दा केही ढिलाइ, सेवा अवरुद्ध हुने वा गुणस्तरमा अस्थायी असर पर्न सक्ने सम्भावना रहेको टेलिकमले उल्लेख गरेको छ।

 

थप समाचार