Below Menu
Below Menu

नबिल बैंकको ४४ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको ४४ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : नबिल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ४४ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

Advertisment