हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त

हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन्।

Sponsored Advertisement

कम्पनीको सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९(२) बमोजिम आवश्यक योग्यता र अनुभव प्राप्त थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो।

काठमाडौं महानगरपालिका–३१ निवासी गौतमको नियुक्ति असार १२ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

थप समाचार