काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment