Below Menu
Below Menu

नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेले एनएमबी बैंक, नेको इन्स्योरेन्स र  सुपरमाई हाइड्रोपावर कम्पनीको एक करोड १० लाख ५८ हजार ११२ दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसारएनएमबी बैंकको ५ प्रतिशत बोनसपछिको ९१ लाख ८३ हजार ३५२ दशमलव ९८ कित्ता र नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनसपछिको ८ लाख चार हजार ७६० कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै सुपरमाई हाइड्रोपावरको २० प्रतिशत बोनसपछिको १० लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार