Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ग्लोबल आईएमई बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ । 
 
 

Advertisment

थप समाचार