Below Menu
Below Menu

उच्च अंकले सुधारियो शेयर बजार, पौने चार अर्बको कारोबार 

उच्च अंकले सुधारियो शेयर बजार, पौने चार अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज लक्ष्मी सनराइज बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा स्नो रिभर्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ । 
 
 

Advertisment

थप समाचार