नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 

नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५३ करोड ९४ रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा स्नो रिभर्स र सानिगाड हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले घटेको हो । आज थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य १३.७९ प्रतिशतले घटेको छ । 
 
 

थप समाचार