किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह

किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक कार्यक्रम र अभियानमा साना किसान अभियान सधैं सहयात्री बनेर अघि बढेको बताएका छन्।

Sponsored Advertisement

सोमबार आयोजित संस्थाको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाठकले आगामी दिनमा पनि सरकारको आर्थिक तथा सामाजिक रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा साना किसान अभियान, आबद्ध संस्था र सदस्यहरू प्रतिबद्ध भएर लाग्ने बताए।

अध्यक्ष पाठकले साना किसान कार्यक्रमलाई सरकारले निरन्तर दिएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अब किसानको उत्पादनलाई बजारसँग जोड्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे। उत्पादन मात्रै गरेर किसान आर्थिक रूपमा समृद्ध हुन नसक्ने उल्लेख गर्दै उनले किसानको उत्पादनका लागि आफ्नै बजार सुनिश्चित गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।

उनले किसानको उत्पादनको बिक्री–वितरणका लागि बजार व्यवस्थापनको माग गर्दै आए पनि सरकारले यस विषयमा अन्तिम निर्णय लिन नसक्दा किसानहरूले अझै आफ्नै उत्पादन सहज रूपमा बजारमा बिक्री गर्न नपाएको गुनासो गरे।

थप समाचार