काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१० कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४० करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ७५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालंगा हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.७८ प्रतिशतले घटेको छ ।