बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड

बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड

बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड

काठमाडौं : उद्योग व्यवस्थापन समितिद्वारा काठमाडौँको बालाजु औद्योगिक क्षेत्रको अनुगमन गरिएको छ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रहबर अन्सारीले समितिले पहिलो चरणमा बालाजु औद्योगिक क्षेत्रभित्र रहेका बिस्कुट, बोटलर्स नेपाल (कोकाकोला) र गोल्डस्टार लगायतका उद्योगहरूको वस्तुगत अवस्था, भौतिक पूर्वाधार, र मजदुरहरूको स्थितिको अवलोकन गरेको जानकारी दिएका छन्।

उनले उद्योगहरूमा पुराना तथा जीर्ण पूर्वाधार, नीतिगत अस्पष्टता, बत्ती, पानी र जग्गाको समस्याका साथै साँघुरो ठाउँमा धेरै कामदारहरूले काम गर्नुपर्ने बाध्यता देखिएको उल्लेख गरे।

विशेष गरी खाद्यान्न उद्योगहरूमा सरसफाइ (हाइजिन) को मापदण्डलाई थप सुदृढ बनाएर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै सांसद अन्सारीले उद्योगीहरूको मनोबल बढाउन र कामदारको हकहित संरक्षणका लागि आगामी दिनमा समितिले नीतिगत तहबाटै ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। 

थप समाचार