राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवालाई थप सुदृढ बनाउने संकल्प

राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवालाई थप सुदृढ बनाउने संकल्प

काठमाडौं : ‘सहकारीको प्रवर्द्धन, विकास तथा बैँकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैँक’ राष्ट्रिय सहकारी बैंक लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ।
 
सहकारी अभियानलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारको समेत शेयर लगानीमा २०६० असार २५ गते स्थापना भएको बैंकले स्थापनाको अवसरमा सम्पूर्ण संस्थापक, सदस्य सहकारी संघ/संस्था, नेपाल सरकार, नियामक निकाय, सहकारी अभियन्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

बैंकले २३ वर्षको यात्रामा हासिल भएका उपलब्धि, चुनौती, संस्थागत अनुभव, निरन्तर सिकाइ तथा सदस्यहरूको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मानेको जनाएको छ। आगामी दिनमा सहकारी क्षेत्रको वित्तीय सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र दिगो विकासलाई थप प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।

सदस्यकेन्द्रित सेवा, उत्पादनशील क्षेत्रमा लगानी विस्तार, उद्यमशीलताको प्रवर्द्धन तथा नवप्रवर्तनमैत्री वित्तीय सेवामार्फत सहकारी संघसंस्थाहरूको विश्वसनीय वित्तीय साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै सहकारी आन्दोलनको सुदृढीकरण र सदस्यहरूको समृद्धिका लागि निरन्तर क्रियाशील रहने अटल संकल्प बैंकले दोहोर्याएको छ।

२४औँ स्थापना दिवसका अवसरमा बैंकले सहकारी क्षेत्रको दिगो विकास, सदस्यको आर्थिक सशक्तीकरण र आधुनिक वित्तीय सेवाको विस्तारमा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

थप समाचार