काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारनेप्सेमा चार अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्लोबल आईएमई बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ५८ रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १२.६८ प्रतिशतले बढेको हो । आज बीओके डिबेञ्चरको शेयरमूल्य ८.६६ प्रतिशतले घटेकाे छ ।