व्यतित बीमालेख नवीकरणमा हिमालयन लाइफको ५० प्रतिशत ब्याज–जरिवाना छुट

व्यतित बीमालेख नवीकरणमा हिमालयन लाइफको ५० प्रतिशत ब्याज–जरिवाना छुट

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (ब्याज तथा जरिवाना) मा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेख असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ।

कम्पनीले जनाएको अनुसार जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ। यद्यपि, यो सुविधा प्रत्येक बीमालेखका लागि बीमाको सम्पूर्ण अवधिभर एकपटक मात्र उपलब्ध हुनेछ।

यसैगरी, ब्याज तथा जरिवाना छुट सुविधा प्रयोग गरी नवीकरण गरिएको बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवानाबराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ।

थप समाचार