काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने भएको छ । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको संस्थापक शयर खरिद गर्ने निर्णय गरेको हो ।
रु रु जलविद्युतले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरमा म्याग्दी हाइड्रोपावरको आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता संस्थापक शेयरर खरिद गर्ने भएको हो यद्यपि, लगानी कार्यान्वयनका लागि आवश्यक स्वीकृति तथा प्रक्रिया पूरा भएपछि मात्र शेयर खरिद प्रक्रिया अघि बढ्नेछ।