रिलायबल नेपाल लाइफको साढे तीन करोड कित्ता शेयरको लक इन अवधि साउन ३० गतेबाट सकिँदै 

रिलायबल नेपाल लाइफको साढे तीन करोड कित्ता शेयरको लक इन अवधि साउन ३० गतेबाट सकिँदै 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ७१ लाख ५७ हजार १२० कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले तीन करोड ६३ लाख ७७ हजार ६००कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये सात लाख ७९ हजार ५२० कित्ता कर्मचारीहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार