काठमाडौं : सान्भी इनर्जी लिमिटेडले इलाम जिल्लामा सञ्चालित ५.२ मेगावाट क्षमताको जोङमाई क्यास्केड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको जनाएको छ।
कम्पनीका अनुसार २०८२ साल असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन सुरु भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति पुनः सुचारु भएको छ।