काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.१३ अंकले बढेर २६००.७८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १९.६७ अंकले घटेर २६०१.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा छ अर्ब ८६ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.६६ प्रतिशतले बढेको हो । आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.८४ प्रतिशतले घटेको छ ।