काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ १ गतेबाट सकिने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई लागि सुरक्षित गरिएको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता साधारण शेयरमध्ये ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बाँटफाँट गरी छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।
लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।