सामान्य अंकले सुधारियो शेयर बजार, झण्डै साढे आठ अर्बको कारोबार  

सामान्य अंकले सुधारियो शेयर बजार, झण्डै साढे आठ अर्बको कारोबार  

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कुमारी बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कामना सेवा विकास बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.२२ प्रतिशतले बढेको हो । आज नेपाल एसबीआई बैंक डिबेञ्चरको शेयरमूल्य ९.६८ प्रतिशतले घटेको छ । 
 
 

थप समाचार