ग्यासमा कालोबजारी रोक्न समितिको निर्देशन, ७ दिनभित्र विवरण बुझाउन आदेश

ग्यासमा कालोबजारी रोक्न समितिको निर्देशन, ७ दिनभित्र विवरण बुझाउन आदेश

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

समितिको बैठकमा बोल्दै सांसद अन्सारीले ग्यास आपूर्ति, भण्डारण, उपभोक्ता सुरक्षा र गुणस्तर मापनका विषयमा ठोस कदम चाल्न समिति मार्फत मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । 

ग्यास पाइपलाइन विस्तारको योजना र दीर्घकालीन व्यवस्थापनका लागि ग्यास पाइपलाइन विस्तारको सम्भावना र त्यसको प्रभावबारे अध्ययन तथा अनुसन्धान गरी समितिमा ७ दिनभित्र विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएका छन् । 

साथै ग्यासको भण्डारण क्षमता विस्तारका लागि तत्काल रणनीतिक योजना निर्माण र कार्यान्वयन गर्न नेपाल सरकार, उद्योग मन्त्रालय र नेपाल आयल निगमलाई सो विषयमा चासो राख्न ध्यान आकर्षण गरेका छन् । 

सभापतिले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल एलपी ग्यास उद्योग, आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तर जाँच सुनिश्चित गरिनुपर्ने बताएका छन् । 

डिलर प्रमाणीकरणको प्रक्रियालाई थप वैज्ञानिक बनाउनुपर्ने र कसको घरमा कति सिलिन्डर छ भन्ने कुरा ट्र्याक गर्न ‘म्यापिङ’ संयन्त्र निर्माणका लागि सुझाव दिएका छन् । 

थप समाचार