दोहोरो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा एनएमबी बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको हो । आज नेपाल उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.३२ प्रतिशतले घटेको छ । 
 
 

थप समाचार