कुमारी बैंकको ४७ हजार ३२४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

कुमारी बैंकको ४७ हजार ३२४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

यसअघि बैंकले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा संस्थापक शेयरधनीहरुबाट कुनैपनि आवेदन नपरेपछि  संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडी बढाएको बैंकले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । साथै सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । 
  

थप समाचार