सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार